उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ८ र ९ का १ सय ५० भन्दा बढीलाई ठगेर सुन व्यवसायी तुलसी भनिने तिलप्रसाद श्रेष्ठ फरार भएपछि पीडितहरुले हारगुहार मागेका छन् ।
उर्लाबारी–८ र ९ को संयुक्त कार्यालयमा भेला भएका सयौं पीडितहरुले फरार श्रेष्ठको खोजी कार्यका लागि वडा कार्यालय, प्रहरी प्रशासन र मिडियालाई गुहार मागेका हुन् । करोडौं रुपैयाँ ठगेर श्रेष्ठ परिवारसहित फरार भएपछि पीडितहरु समस्यामा परेका छन् । मृगौला पीडित, विद्यार्थीदेखि बुद्धा भत्ताको रकमसमेत लिएर ब्यवसायी श्रेष्ठ टाप कसेका छन् । उर्लाबारी वडा नं. ८ स्थित एस.टी. मनि ट्रान्सफर एण्ड ज्वेलरी सञ्चालन गर्दै आएका श्रेष्ठले विदेशबाट आएको रकम, जग्गा धितो, ब्याजमा राखिएको रकमलगायत सबै कुम्ल्याएर हिँडेपछि समस्यामा परेको पीडितहरुले बताएका छन् । दुई सातादेखि सम्पर्क विहीन बनेका ब्यवसायी श्रेष्ठले सयौंलाई पीडित बनाएर फरार भएपछि खोजीसँगै पीडितहरुलाई न्याय दिन पहल सुरु गरेको उर्लाबारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्कीले बताउनुभयो । उर्लाबारी—८ मा एभरेष्ट फन पार्कका अध्यक्ष समेत रहेका श्रेष्ठले १ सय ५० जनासँग तीन करोड बढी उठाइएर सम्पर्क विहीन भएको प्रारम्भिक तथ्यांकले देखाएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । थप पीडितको संख्या बढ्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय