उर्लाबारी । पालिकाहरुबीच सिमा र खोला निकासीलगायत विषयमा विवाद भएको समाचार बेला बेला आउने गर्छ । तर, मोरङको मिक्लाजुङ गाउँपालिकाले भने छिमेकी पालिकाहरुसँग सहकार्य र मित्रवत् सम्बन्ध कायम गर्न खोजेको छ ।
मोरङको मिक्लाजुङमा सम्पन्न तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेललाई बनायो । पालिकाको कार्यक्रममा अन्य पालिकाका प्रमुखलाई प्रमुख अतिथि बनाएको बिरलै सुन्न र देख्न पाइन्छ । तर, मिक्लाजुङले भने आफ्नो पालिकासँग जोडिएका पालिकाहरुसँग सहकार्य र मित्रवत् सम्बन्ध कायम गर्दै अघि बढेको छ । दमक नगरपालिका, उर्लाबारी, लेटाङ र इलामको चुलाचुली गाउँपालिकासँग सिमा जोडिएको छ । यी पालिकाहरुसँग पनि निरन्तर रुपमा सहकार्यका साथ अघि बढिरहेको गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘मोरङ जिल्लाकै विकट मिक्लाजुङ गाउँपालिकाको विकासका लागि छिमेकी पालिकाहरुसँग सहकार्य र समन्वयका साथ हामी अघि बढ्छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय