झापा । झापामा एउटा अनौठो घटना घटेको छ । परिवारले काजक्रिया गरिसकेका युवा घर फर्किएको घटना सार्वजनिक भएको छ । झापा हल्दिवारी– ८ घर भई कनकाई नगरपालिका ४ कोटीहोम क्षेत्रमा रहेको एक होटलमा काम गर्दै आएका २९ बर्षीय सुरज कार्कीको मृत्यु भएको भन्दै परिवारले काजक्रियासमेत गरेको पाइएको छ ।
कनकाई नगरपालिका ४ कोटीहोममा १७ दिन अघि एक वेवारिसे शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय सुरुङ्गाले उक्त वेवारिसे शवलाई मुचुल्का बनाएर आफन्तको पहिचान नहुन्जेलसम्मका लागि शव गृह भद्रपुरमा राखेको थियो ।
सामाजिक संजाल र अन्य माध्यमबाट प्रचार भएपछि शव राखेको ४ दिनपछि कार्की परिवारले भद्रपुरबाट शव बुझेर ल्याई कनकाई माई क्षेत्रमै अन्तिम संस्कार गरेको थियो । काज किरिया सकेकै दिन वेलुकी २९ बर्षिय सुरज घर पुग्दा सबैजना छक्क परेको परेका थिए । हाल काजकिरीया समेत सकेपछि कार्कीलाई पुन जन्म कर्म लगायतका धार्मिक विधि गरिने बताइएको छ ।
विगत ३ बर्षदेखि घर छाडेर हिडेको सुरज कोटीहोम क्षेत्रमै बस्ने गरेको थिए । कोटीहोममै मरेको भनेर सुनेपछि शव गृहमा हेर्दा आफ्नै भाई जस्तो खुट्टा लामो देखेको र अनुहार समेत सुन्निएर नचिन्निने भएकोले आफ्नै भाई जस्तो लागेर जिम्मा बुझेर कोटीहोममा ल्याएर दाह संस्कार गरिएको आफन्तले बताएका छन् ।
शवको राम्रो पहिचान नगरेका कारण जिउँदो मान्छेको अन्तेष्टी र काजक्रिया गरेको बुझिन्छ । जसले गर्दा सुरज कार्की जिउँदो भएपनि काजक्रिया गरेपछि अहिले निकै तनाबमा देखिएका छन् । परिवारले पहिचान नगरी काजक्रिया गरेका कारण यो समस्या आएको उनले गुनासो गरेका छन् ।
यस्ता घटना आगामी दिन नघटोस् भन्ने हेर्तुले यो भिडियो यहाँ प्रस्तुत गरिएको हो । हामीले उनै सुरज कार्कीसँग कुराकानी गरेका छौं । उनले राखेका कुरा जस्ताको त्यस्तै यहाँ राखेका छौं ।
हेर्नुहोस् भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय