उर्लाबारी । नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य कुलप्रसाद साम्बा (कुशल)ले भ्रष्टाचारीलाई कारवाही गर्ने विषयमा सरकार चुक्न नहुने बताउनुभयो ।
मोरङको विराटचौकमा वाईसीएल नेपाल र अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला कमिटी मोरङले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रचण्ड सरकारले आवश्यक परे जनमुक्ति सेनाको क्यान्टोन्मेन्टको खाता पल्टाउन पनि पछि हट्नु नहुने उहाँको भनाई छ । सरकारलाई कसैको दवावमा नपर्न खबरदारी गर्दै उहाँले सबै किसिमका भ्रष्टाचारको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेश, जिल्ला र नगरस्तरीय माओवादी नेता कार्यकर्ताहरुले भ्रष्टाचारीलाई कारवाही गर, प्रधानमन्त्रीको साथमा जनता छन्, निस्पक्ष छानविन गर्न नडराउलगायतका नारा लेखिएका कार्ड भिरेका थिए । कार्यक्रममा माओवादी नेता तथा वाइसिएल नेपालका केन्द्रीय सचिब खगेन्द्र सुवेदी (भीषण), केन्द्रीय सदस्य तथा मोरङ इन्जार्ज दिपक आले मगर, अखिल क्रान्तिकारी मोरङ इन्चार्ज टेकेन क्षेत्री,नेताहरु नगेन्द्र घिमिरे, उमेश सेन्चुरी, आकाश अधिकारीलगायतको उपस्थिति रहेको थियो ।























