उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा ड्राईभिङ तालिमका नाममा पँहुचवालाहरुकै हालिमुहाली हुने गरेको पाइएको छ ।
निम्न आर्थिक अवस्था भएका, गरिवीको रेखामुनी परेका आदिवासी जनजाति र सिमान्तकृत वर्गका नागरिकलाई आयमुलक तालिम दिएर आर्थिक उपार्जनमा सहयोग पु¥याउने हेतुले आयोजना गर्न लागिएको तालिम भएपनि पँहुचवालाहरुकै छोराछोरीको नाम प्रकाशित भएको पाईएको हो । प्रकाशित नामावलीमा उर्लाबारी नगरपालिका–१ का अध्यक्ष तिलक पाण्डेका छोरा, उर्लाबारी नगरपालिका–५ का पूर्व अध्यक्ष तथा नेपाल रेडक्रस सोसाईटी उर्लाबारी शाखाका अध्यक्ष भानुभक्त शर्मा पराजुलीकी छोरी, वडा नम्वर–५ का वडा सदस्य सुरेश आर्चायकी छोरीसहित आर्थिक अवस्था दर्विलो बनेका पँहुचवालाहरुकै छोराछोरीको नाम समावेश भएको छ ।
नगरपालिकाले जेठ १ गते प्रकाशित गरेको अन्तिम नामावालीमा वडा नम्वर–१ का अध्यक्ष पाण्डेका छोरा सन्दिप पाण्डेको नाम समावेश छ भने बैशाख २० गते प्रकाशित सूचनामा निवर्तमान अध्यक्ष पराजुलीकी छोरी निशा पराजुली, सोही वडाका वडा सदस्य आचार्यकी छोरी सुरेखा आचार्यलगायतको नाम प्रकाशन भएको छ ।
उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०७९।८० का लागि वार्षिक विकास कार्यक्रम अन्र्तगत ३० जनाको कोटामा ३ महिना अगाडि सूचना प्रकाशित गरेको थियो ।
सोही सूचनाका आधारमा वडा बाट सिफारिस भएका आएका नामहरुलाई उर्लाबारी नगरपालिकाले प्रमाणित गरी प्रकाशन गरेको हो । यी तालिम मात्र होइन अधिंकाश तालिमहरुमा पँहुजवालाकै हालिमुहालि हुने गरेको जानकार स्रोत बताउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय