उर्लाबारी । उर्लाबारी प्रहरी प्रमुख भएर आएपछि प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङले लागुऔषध दुव्र्यसनी मुक्त बनाउने अभियान थाल्नुभएको छ ।
उहाँले लागुऔषधको दुव्र्यसनीले पार्न सक्ने असरका बारेमा जनचेतनामूलक कार्यक्रमसँगसँगै लागु औषध कारोबारीहरु धमाधम पक्राउ गर्ने अभियान चलाउनु भएको हो । यसैक्रममा आज  उर्लाबारी नगरपालिका वडा नं. ४ बाट दुई जना प्रतिबन्धित लागू औषध खैरो हेरोईन (ब्राउन सुगर) सहित पक्राउ परेका छन् ।
उर्लाबारी–४ को बक्राहा खोलाको पुलको मलामी चौतारी नजिक प्रतिबन्धित लागू औषध खैरो हेरोईन (ब्राउन सुगर) को खरीद बिक्री भईरहेको भन्ने गोप्य सूचनाको आधारमा उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी वडा नं.४ आईतबारे बस्ने सन्जय प्रधानलाई पक्राउ गरेको छ । प्रधानले चलाएको मे ५ प. ८८२४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा खैरो हेरोईन (ब्राउन सुगर) जस्तो देखिने धुलोको डल्ला ४ ग्राम ७६० मिलिग्राम फेला पारेको प्रहरीले जनाएको छ । आज दिउँसो १२ बजेको उर्लाबारी नगरपालिका वडा नं. ४ किसान चौकमा प्रतिबन्धित लागू औषध खैरो हेरोईन (ब्राउन सुगर) उर्लाबारी नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३१ को अर्जुन श्रेष्ठलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा उर्लाबारी प्रहरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा गई खोज तलास गर्दा सडकको किनारमा रहेको प्रदेश नं.१–०२–०५० प–५४४४ नम्बरको मोटरसाईकलमा रहेका श्रेष्ठलाई खैरो हेरोईन (ब्राउन सुगर) जस्तो देखिने धुलोको डल्ला २ ग्राम ४९० मिलिग्राम फेला पारी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । उर्लाबारी प्रहरी लागु औषध न्यूनिकरण गर्न अभियान चलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय