उर्लाबारी । मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा रहेको बिमा औषधि पसलमा तालाबन्दी गरिएको छ ।
बिमा पाइने भनिएका औषधिहरु नपाएको र नजिकको क्लिनिक पसल किन्न बाध्य बनाएको भन्दै सचेत नागरिकहरुको समूहले तालाबन्दी गरेको हो । अस्पताल प्रशासनकै मिलोमतोमा क्लिनिकहरु औषधि किन्नु परेको सेवाग्राहीहरुले बताएका छन् । बिमाबाट पाउने औषधि तुरुन्त पाउने व्यवस्था नमिलाएसम्म तालबन्दी नखोल्ने र अस्पताल प्रशासनले गम्भिरतापूर्वक नलिए प्रशासनका तालाबन्दी गर्ने अभियानकर्मी मोहन खनालले बताउनुभयो । बिमा औषधि पसलले बिमामा तोकिएर औषधिहरु उपलब्ध नगराउने र बिरामीहरुलाई अनावश्यक दुःख दिने काम भएको उहाँको भनाई छ ।























