उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका जिल्लाको उत्तरपूर्वी भागमा पर्दछ । यो गाउँपालिका मोरङको दुर्गम गाउँपालिकाको रुपमा समेत लिइन्छ । पूर्वमा इलाम र झापा तथा उत्तरमा पाँचथर र धनकुटासँग जोडिएको यो गाउँपालिका अब समृद्धि पथमा लम्किएको देखिन्छ ।
साविका रमितेखोला र टांडी गाविसका सबै वडा तथा जाते र मधुमल्ला गाविसका केहि वडाहरु मिलाएर बनेको यो गाउँपालिकामा हाल सडक तथा पूर्वाधार र व्यवसायिक कृषि खेतीमा लागिरहेको छ ।
देश संघीय संरचनामा गइसकेपछि तीनै तहका जनप्रतिनिधिको सक्रिय पहलमा यस गाउँपालिकामा धमाधम विकासका पूर्वाधारहरु निर्माण भइरहेको गाउँपालिकाका प्रमुख बबीकुमार राईको भनाइ छ । विगतमा मिक्लाजुङ गाउँपालिकाका दुर्गम भनिएको टाँढी, रमितेखोला, मधुमल्लामा बहुवर्षे सडक निर्माण भइसकेको छ ।
साँघुरा र अप्ठ्यारा बाटो तथा सडकहरु ठूला र सजिला भएका छन् । गाउँपालिकाको आफ्नै पहलमा कतिपय सडक कालोपत्रे गरिएको छ । कतिपय प्रदेश र संघीय सरकारका आयोजना त्यहाँ विकासका योजनाका काम सम्पन्न भएको छ । खोला नियन्त्रणका लागि तटबन्ध निर्माणको काम पनि भइरहेको छ ।
सयौं वर्षदेखिको सपनाको रुपमा रहेको कतिपय पुलपुलेसा तथा सिंचाई र खानेपानी आयोजना पनि त्यहाँ बनिरहेका छन् । त्यहाँका किसान व्यवसायिक खेती प्रणालीमा विस्तारै अभ्यस्त हुँदैछन् । यसअर्थ मिक्लाजुङमा विकासको मुल फुटिरहेको छ र समृद्धिको पथमा निरन्तर दौडिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय