विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन १४ जेठमा आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १४ गतेबाट बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सोमबार बसेको बैठकले प्रदेश निजामती सेवा ऐन (पहिलो संसोधन) अध्यादेश २०८० र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई प्रदेश सभामा पेश गर्ने निर्णय गरेको बताइएको छ ।























