उर्लाबारी । उर्लाबारी नगरपालिकाले सडक कालोपत्रे धमाधम गरिरहेको छ । नगरपालिकाले जेठ मसान्तभित्र ठेकेदारहरुलाई काम सम्पन्न गर्न निर्देशन दिएसँगै धमाधम सडक कालोपत्रेका काम अघि बढेका हुन् । केर्खाली चौक हुँदै उर्लाबारी वडा नं. २ को कार्यालय जाने सडक कालोपत्रे गरिएको छ । सो सडक कालोपत्रेका लागि तुम्रोक कन्ट्रक्सन प्रा.लि. ले ५० लाख ६१ हजार ८ सय ४७ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । नगरपालिकाले विनियोजन गरेको रकमबाट धमाधम सडक कालोपत्रेको काम अघि बढेको उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले बताउनुभयो ।
यो १ बर्षमा ५ किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरिएको छ । भौतिक विकासलाई पनि नगरपालिकाले प्राथमिकताका साथ अघि बढाएको छ । दिर्घकालिन योजना बनाएर नगरपालिका अघि बढेको छ । सडक कालोपत्रे दिगो होस् भनेर आक्सपाल पिच अघि बढाएको उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो ।
उर्लाबारी नगरपालिकाले गुणस्तरीय सडक कालोपत्रेका काम अघि बढाएको छ भने डे«न निर्माण, ग्राभेललगायतका काम तीब्र रुपमा अघि बढेका छन् । उर्लाबारी वडा नं. २ ले पनि सडक कालोपत्रे, डे«न निर्माण, ग्राभेललगायतका काम गरिरहेको उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेलले बताउनुभयो ।
यस्तै, उर्लाबारी वडा नं. ४ को छाता चौकदेखि जिमी टोलसम्म स्पेसल ग्राभेलको काम अघि बढेको छ । प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वडाध्यक्ष कल्याणकुमार राई, सदस्यहरुलगायतले उपस्थितिका ग्राभेलको काम सुरुवात गरिएको छ ।























