उर्लाबारी । नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागोले राजनीति कमाइ खाने भाँडो नभएको बताउनुभएको छ ।
मोरङको उर्लाबारीमा आज नेपाल विद्यार्थी संघ नगर समिति उर्लाबारीले आयोजना गरेको धन्यवाद ज्ञापन तथा पुर्नगठन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । राजनीति मान, सम्मानका लागि नभई कामका लागि भएको बताउँदै उहाँले भन्नुभयो, ‘राजनीति कमाइ खाने भाँडो होइन ।’ राजनीति सेवाभावले गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । पालो गरेर होइन भिजन भएको व्यक्ति नेतृत्वमा आउनु पर्नेमा जोड दिँदै नेपाली काँग्रेसको विकल्प होइन, काँग्रेसमा चाहिँ विकल्प खोज्ने बेला आएको बताउनुभयो । पार्टीको नेतृत्व अब युवा पुस्ताले लिनुपर्ने उहाँको भनाई छ । ‘महामन्त्री गगन थापा जस्ता भिजन बोकेका सक्षम युवा पार्टीमा छन्’ उहाँले भन्नुभयो, ‘अब उहाँहरुले नेतृत्वका लागि दाबी गर्नुपर्छ ।’ विकल्पको कुरा गर्दा नेतृत्व वर्ग रिसाउँछन् भनेर चुप लागेर बस्ने बेला नभएको उहाँले बताउनुभयो । पार्टीका युवा नेता, कार्यकर्ताले परिवर्तनका पक्षमा आवाज उठाउनु पर्ने उहाँको भनाई थियो ।
उहाँले खड्ग फागोको कुनै गुट नभएको दाबी गर्नुभयो । उहाँले थप्दै भन्नुभयो –‘राम्रो हुनुपर्छ, राम्रोलाई अघि बढाएर नेतृत्व दिनुपर्छ भन्दा गुट ठानिन्छ भने सरोकार छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय