उर्लाबारी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा विरोधीहरू सलबलाएको बताउनुभएको छ ।
पशुपति विकास कोषको जग्गा अपचलन भएको भन्दै विभिन्न टीकाटिप्पणी भएपछि त्यसलाई लक्षित गर्दै उहाँले आरोप प्रमाणित भए एक मिनेट पनि पदमा नबस्ने घोषणा गर्नुभएको हो । सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला १ प्रमाणित गर म एक मिनेट बस्दिन….।’























