उर्लाबारी । मोरङको मिक्लाजुङमा गाउँपालिका–६ मा पौडी खेल्न गएका एक बालकको डुवेर मृत्यु भएको छ ।
साथीहरुसँग पौडी खेल्न गएका मिक्लाजुङ–६ का पदम राईका ८ बर्षीय छोरा साङकेन राईको मानव निर्मित पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । मिक्लाजुङ–६ मा रहेको आमझोला सामुदायिक वनभित्र रहेको कालीदह पोखरीमा डुबेर घाइते बनेका बालक राईलाई उद्धार गरी उपचारका लागि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचारका ल्याईएको थियो । उपचारकै क्रममा राई दिउँसो मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक बबिन्द्र नेम्वाङले बताउनुभयो ।























