रतुवामाई । मोरङको रतुवामाई नगरपालिकाले किसानको विद्युत महसुल तिरिदिएको छ । नगरपालिकाले आज नगरभित्र विवरण बुझाएका ३ हजार १६४ जना किसानको चालु आर्थिक वर्षको बिधुत महशुल तिरिदिएको हो ।

नेपाल बिधुत प्राधिकरण उर्लाबारी र रंगेलीसँग समन्व्य गरेर किसानको बिधुत महशुल एकमुष्ट नगरपालिकाले तिरिदिएको नगर प्रमुख नागेश्वरप्रसाद सिंहको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार किसानले सिँचाई गरेबापतको बिधुत महशुल रु २० लाख नगरपालिकाले तिरिदिएको हो ।

नगर प्रमुख सिंहले यसअघि पालिकाभित्रका किसानलाई खेत सिचाइँका लागि विद्युत महसुल नगरपालिकाले तिरिदिने घोषणा गर्नुभएको थियो । खेतखेतमा सहज सिचाइँ उपलब्ध भएमा किसानको कृषि उत्पादन बढने र आर्थिक आम्दानी वृद्धिमा उल्लेखनीय योगदान पुग्ने उद्देश्यले यो निर्णय भएको नगर प्रमुख सिंहले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय