
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका कार्यसम्पादनमा उत्कृष्ट भएको छ ।
आर्थिक बर्ष २०८०÷०८१ को बजेटमा उर्लाबारी नगरपालिकामा चालुतर्फ ४४ करोड ३३ लाख र पुँजीगततर्फ ३४ करोड ५ लाख गरी कुल जम्मा ७८ करोड ३८ लाख रुपैयाँ बजेट विनियोजन भएको हो । उर्लाबारी नगरपालिकाले कार्यसम्पादनमा ५१ लाख प्राप्त गरेको छ भने विराटनगर महानगरपालिकाले ५० लाख मात्रै पाएको छ । रंगेली नगरपालिकाले ४९ लाख पाएको छ । त्यस्तै, सुन्दरहरैचाले ४६, पथरीशनिश्चरेले ४५, बेलबारीले ४४, रतुवामाई ४३, लेटाङले ३९ र सुनबर्षीले ३६ लाख पाएको छ ।
उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले कार्यसम्पादनमा मोरङ जिल्लामै धेरै ५१ लाख उर्लाबारीले पाएको बताउनुभयो । उहाँले उर्लाबारी नगरपालिकालाई नमूना बनाउन निरन्तर लागि परेको उल्लेख गर्नुभयो ।