उर्लाबारी, अत्यधिक गर्मीका कारण केही उर्लाबारी नगरपालिकाले विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । उर्लाबारी नगरपालिकाले भोलि शुक्रबारदेखि जेठ २१ गते आइतबारसम्म तीन दिन शैक्षिक संस्थाहरुको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
गर्मीले पठनपाठनमा अवरोध भएकाले बर्खे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको नगरपालिकाका शिक्ष शाखा अधिकृत अशोक घिमिरेद्वारा जारी सूचनामा उल्लेख छ । विहीबार नगर शिक्षा समितिको बैठकले नगरपालिकाका सबै शै्रक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिइएको छ ।























