उर्लाबारी । मोरङ क्षेत्र नं. २ (१) का प्रदेश सांसद गणेश उप्रेती (सुशिल) र सामान्य प्रशासन मन्त्रीका प्रमुख स्वकीय सचिब सुमन कालिकोटेको पहलमा रतुवामाई नगरपालिकाका विभिन्न योजनाका लागि ७ करोड ३८ लाख रुपैयाँ विनियोजन भएको छ ।
१९ वटा योजनामा ७ करोड ३८ लाख रुपैयाँ विनियोजन भएको हो । शहरी विकास मन्त्रालयबाट रतुवामाई ३ हनुमान चौकदेखि झुर्किया हुँदै रतुवामाई ४ को पैयामारी जोड्ने सडक कालोपत्रेमा ५० लाख, रतुवामाई ८ को जिपी मार्गमा सडक कालोपत्रेमा २० लाख, रतुवामाई ८ को इटहरा गंगा देवानको घर उत्तर राधा कृष्ण मन्दिर हुँदै सरस्वती माबि जोड्ने सडक कालोपत्रे (३ किलो मिटर) मा ३० लाख, मिर्चाडाँगी महादेवा झोलुङ्गे पुल रतुवा खोला रतुवामाई ३ मा २० लाख र हटिया खोला झोलुङ्गे पुल छालगाछी पुरानो रतुवा खोला रतुवामाई ३ मा २१ लाख रकम छुट्टिएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयबाट अल्टाई होली पुल लारीकट्टा दाम्राभिट्टामा ८९ लाख, मल्टिशेल आरसिसि पुल गोविन्दपुरमा ४७ लाख, कट्नु खोला पुल गोविन्दपुरमा ४७ लाख र कजला खोला पुलमा १ करोड ६२ लाख छुट्टिएको छ ।
त्यस्तै, उर्जा मन्त्रालयबाट डिप बोरिङआयोजना १, २, ३, ४, ५, ६, ७ र ८ तथा सुनबर्षी६ र ७ मा ३२ लाख र बक्रा सेन्टर जल उपभोक्ता समिति सिचाई मर्मत तथा स्तरोन्नतीमा २५ लाख छुट्टिएको छ । त्यस्तै, पर्यटन मन्त्रालयबाट सोनामाई थान मन्दिर निर्माणमा २० लाख विनियोजन भएको छ ।
त्यस्तै, सामान्य प्रशासन मन्त्रालयबाट सरस्वती माबि कादुपाडाको अधुरो कम्पाउण्डवाल निर्माणमा २५ लाख, इटहरा स्कुलदेखि कट्नुसम्म सडक कालोपत्रे रतुवामाई ८ मा २५ लाख, सोमबारे बजार निर्माण सौन्दर्यिकरणका लागि २५ लाख, पिडाली सामुदायिक भवन निर्माण रतुवामाई ३ मा २५ लाख, कल्याणपुर सामुदायिक भवन निमाृणमा २५ लाख, नवदुर्गा सामुदायिक भवन निर्माणमा २५ लाख र इटहरा सामुदायिक भवन निर्माणमा २५ लाख विनियोजन भएको नेकपा माओवादी केन्द्रका नेतासमेत रहनुभएका कालिकोटेले जानकारी दिनुभयो ।























