उर्लाबारी । धिमाल समुदायको मौलिक पर्व जात्री पर्व आजदेखि सकिएको छ । वैशाख २ गते मोरङको लेटाङको राजारानीबाट सुरु भएको यो पर्व आज समापन भएको हो ।
नेपालका आदिवासी धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको लेटाङस्थित राजारानीमा मेला लगाएर जात्री पर्व भएको थियो । विभिन्न टोलहरुमा दुई महिनासम्म जात्री मनाएर उर्लाबारी–३ को मङ्गलबारेस्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थल (दस बिघे)मा समापन भएको छ । भब्य मेलाको आयोजना गरी जात्री पर्व मनाइएको छ ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा संविधानसभाका सदस्य नगेन्द्र धिमाल, प्रदेश सांसद विद्या चाम्लिङ, उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेललगायतले बोल्नुभएको थियो ।
प्रकृतिपुजक धिमाल रोगब्याधि नलागोस्, बाली बिरुवा लगाउने बेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गरेका छन् । परापूर्वकालमा धिमालले यी समस्या समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पूरा भएपछि यसलाई निरन्तरता दिँदै मनाउँदै आएको जनविश्वास छ ।
सिर्जातअर्थात सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाउँदै आएको धिमाल पत्रकार मञ्चका अध्यक्ष विजय धिमालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय