पुजन दास
उर्लाबारी । आर्थिक बर्ष २०८० । ०८१ को बजेटमा वडागत योजनामा उर्लाबारी नगरपालिका वडा नं. ७ को कार्यालयले तालिमलाई प्राथमिकता साथ राखेको छ ।
ड्राइभिङ तालिममा २ लाख, एडभान्स डिप्लोमा कम्युटर तालिममा १ लाख १४ हजार, नुहाउने साबुन बनाउने तालिम १ लाख, मेकअप सौन्दर्य तालिम १ लाख ३० हजार, स्वीटर बनाई तालिम १ लाख, फेब्रिकेसन अलुमिनयम तथा मेटल तालिम १ लाख, मखमल जुत्ता चप्पत तालिम ५० हजार, उद्घोषण तथा प्रस्तावना लेखन १ लाख, सेनेटरी प्याड बनाउने तालिम १ लाख, वडामा क्रियाशिल संघसंस्थाका पदाधिकारी र सदस्यहरुलाई क्षमता अभिबृद्धि तालिम २ लाख २० हजार, लागु पदार्थ दुब्र्यसनीविरुद्धको कार्यक्रममा १ लाख ५० हजार छुट्याइएको छ ।
यस्तै, वडाले उन्नत जातको बाख्रा पाठा वितरणमा २ लाख, किशानहरुलाई ५० प्रतिशत अनुदानमा तरकारीको विउ विजन वितरणमा ५० हजार, खर्वुजा खेती कार्यक्रम ७५ प्रतिशत अनुदानमा ५० हजार, खुल्ला ब्यायाम शाखा ासमाग्री खरिद ६ लाख, नेपाल तामाङ घेदुङलाई संस्कृति प्रबद्र्धनमा ३० हजार, पाथिभरा मन्दिर ब्यवस्थापनमा १ लाख, राधाकृष्ण मन्दिर ब्यवस्थापनमा १ लाख , बौद्ध चैत्य विहारमा पेभिङ्ग ब्लकमा ७५ हजार, सिद्धिविनायक भजन किर्तन मण्डलीलाई सामाग्री खरिदमा २५ हजार, बालमैत्री वडा घोषणा अभियान कार्यक्रममा २ लाख, हनुमान मन्दिर पुजा सामाग्री ब्यवस्थपनमा २५ हजार, खेलकुद कार्यक्रम तथा सामाग्री खरिदमा २ लाख, टोल विकास संस्था ब्यवस्थापनका लागि ५५ हजार, सुत्केरी पोषणमा ९० हजार, जेष्ठ नागरिक अवलोकन भ्रमणमा १ लाख, भलिबल खेलकुदमा १ लाख, बृत्तचित्र निर्माणमा ७० हजार, जेष्ठ नागरिक सम्मानमा ५० हजार, मिलिजुली अपाङ्ग समूहलाई खाचा खर्च र टेवा पूँजीमा ५० हजार, घारसहित गोलामौरी वितरण ५० प्रतिशत अनुदानमा ८० हजार, नारी दिवस मनाउन २० हजार र बृद्ध चौतारी जेष्ठ नागरिक दिवा खाजामा ५० हजार रहेको छ ।
त्यस्तै, पूर्वाधार विकास कार्यक्रममा राधिका मार्ग देवकोटाको घरसम्म कालोपत्रेमा २५ लाख, सिद्धकाली शान्ति मार्ग र तेह्रथुम मार्ग बाटो पेभिङग ब्लक निर्माणमा ६ लाख, श्रीकृष्ण चौक पश्चिम भद्रमारी मार्ग जोड्ने सडकमा डे«न निर्माणमा ५ लाख, पुष्पाञ्जली मार्ग डे«न तथा ग्राभेल निर्माणमा ५ लाख, जनपथ मार्ग (गजेन्द्र श्रेष्ठको घर हुँदै उत्तरतर्फ) पेभिङ्ग ब्लक निर्माणमा ५ लाख, सिद्धिविनायक मार्ग पैनी पश्चिम डे«न निर्माणमा ४ लाख ६३ हजार ५ सय, वाइबा चौक पूर्व नवदुर्गा बेद विद्या मन्दिर दक्षिण डे«न निर्माणमा ४ लाख, आधुनिक मार्ग हुँदै वडा नं. ८ जोड्ने सडकमा डे«न निर्माण, पूर्वेली टोल उत्तर पूर्व मूनाल टोल दक्षिण पूर्व निकासी मार्ग अधुरो डे«न निर्माणमा ४ लाख, शक्ति मार्ग अन्तर्गतको शाखा तथा बौद्ध विहार मार्गका शाखा बाटाहरु डे«न तथा ग्राभेलमा ४ लाख, गणेश मार्गमा अधुरो डे«न र्मिाणमा ४ लाख आश्रम टोल पारिजात मार्ग पश्चिम दक्षिणतर्फ अधुरो डे«न निर्माण तथा ग्राभेलमा ४ लाख, कुलुङ चौक पूर्व नयाँ बस्ती मार्गमा अधुरो डे«न निर्माणमा ४ लाख, सहमति शहिद सप्तरंगी मार्ग डे«न निर्माणमा ४ लाख, पार्टी प्यालेस पश्चिम स्कुल डाडा सुयल मार्ग डे«न निर्माणमा ४ लाख, तिनकुने र प्रगति टोल जोड्ने पैनीमा कल्भर्ट र बरगाछी टोलमा डे«न निर्माणमा ४ लाख विनियोजन भएको छ । वन, वातावरण तथा विपद कार्यक्रममा वडाका आवश्यक स्थानमा मर्मत सम्भारका कार्य गर्न ५ लाख, वडाका विभिन्न स्थानमा स्लाव निर्माणमा ३ लाख, कुलो मैनि निकास तथा ढल सरसफाईमा १ लाख र मावा करिडोर योजनामा अन्तरगत विरुवा रोप्न ७६ हजार रुपैयाँ छुट्याइएको छ ।























