मधुमल्ला । ज्यान मुद्धामा २०६९ साल देखि फरार रहेका अभियुक्त ध्याने भनिने ध्यानबहादुर राईलाई मधुमल्ला प्रहरीले पक्राउ गरेको छ ।
लामो समयदेखि प्रहरीको फरार सूचीमा रहेका ध्यानबहादुर राईलाई आइतबार मिक्लाजुङ गाउँपालिका वडा नं.७ बाट पक्राउ परेका इलाका प्रहरी कार्यालय मधुमल्लाका इन्चार्ज टीका राम सुनुवारले बताउनुभयो । राईलाई आज नै कार्वाहीका लागी उर्लाबारी पठाईको छ ।
राई बि.सं. २०६९ सालमा साविक मधुमल्ला गाविस वडा नं. १ हाल मिक्लाजुङ गाउँपालिका वडा नं. ९ निवाशी ३३ बर्षीय बिनोद श्रेष्ठको कुटपिट भएको मृत्युमा संलग्न रहेको भन्ने किटानी जाहेरी परेको थियो ।























