फोटो फायल
उर्लाबारी । आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेटमा उर्लाबारी नगरपालिकाले गौरबको आयोजनामा बक्राहा बिष्णु गंगा घाट निर्माणलाई राखिएको छ ।
१० औं नगरसभामार्फत गौरबको आयोजना अन्तरग बक्राहा बिष्णु गंगा घाट निर्माणलाई ७५ लाख रुपैयाँ विनियोजन भएको हो । उर्लाबारी नगरपालिकाका तत्कालिन नगरप्रमुख खड्ग फागोले दुई पटक बक्राहा घाट निर्माणका लागि गौरबको आयोजनामा राख्दै ५०÷५० लाख विनियोजन गर्नुभएको थियो । तर, जग्गा प्राप्तीमा विवाद सिर्जना भएपछि विनियोजन भएको बजेट खर्च हुन सकेन । तत्कालिन नगरप्रमुख फागोकै पहलमा मोरङको उर्लाबारी–४ मा बक्राहा घाट निर्माणका लागि ४ विघा जग्गा नगरपालिका मातहतमा ल्याउनुभएको थियो । सो क्षेत्रमा नालासहितको सडक विस्तार गरिएको थियो । डिपिआरसमेत सोही बेला तयार पारिएको थियो । त्यसपछि निर्वाचित नगरप्रमुख गंगाप्रसाद खरेलले पनि बक्राहा घाटलाई गौरबको आयोजनामा राख्दै आर्थिक बर्ष २०७९ । २०८० मा ५० लाख बजेट विनियोजन गर्नुभएको थियो । केही समयअघि उर्लाबारी क्षेत्रका सामाजिक ब्यक्तित्व महेन्द्रजंग तामाङको अध्यक्षतामा बक्राहा घाटबाट नाम परिवर्तन गर्दै बक्राहा बिष्णु गंगा घाट निर्माण समिति गठन भएको छ । सो समिति मातहतमा घाट निर्माणको कार्य थालनी भइसकेको छ । यस पटक नगरको गौरबको आयोजनामा ७५ लाख रुपैयाँ विनियोजन भएको छ । संघीय सरकारको पर्यटन मन्त्रालयबाट ८ लाख रुपैयाँ छुट्टिएको छ । घाट निर्माण नहुँदा शव अन्तेष्टीमा समस्या सिर्जना हुँदै आएको छ ।























