उर्लाबारी । आर्थिक बर्ष २०७९ । ०८० मा मोरङको उर्लाबारी नगरपालिकामा ६३ वटा विभिन्न प्रकृतिका विवाद दर्ता भएको छ ।
गत साउन १ गतदेखि जेठ मसान्तसम्म ६३ वटा विवाद दर्ता भएका हुन् । ६३ वटा विवादमध्ये २६ वटाको समाधान भएको छ भने ३७ वटा समाधानको प्रक्रियामा रहेको उर्लाबारी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मिनादेवी खतिवडाले जानकारी दिनुभयो ।
पारीवारीक विवादका ४ वटा उजुरी परेका मध्ये २ समाधान भएको र २ प्रकृयामा रहेका छन् । जग्गा सम्बन्धि किचलोमा २३ वटामध्ये ११ समाधान र १२ वटा प्रकृयामा रहेको उपप्रमुख खतिवडाले बताउनुभयो । लेनदेन सम्बन्धमा १९ वटा दर्ता भएकोमध्ये ३ वटा समाधान भएको छ भने १६ वटा प्रक्रियामा रहेको उहाँको भनाई छ । गाली बेइज्जती सम्बन्धमा ६ वटा दर्तामध्ये ३ समाधार र ३ प्रक्रियामा रहेका छन् । अन्य विभिन्न प्रकृतिका विवाद दर्ता ९ मध्ये ७ समाधान र २ प्रकृयामा रहेको उहाँले बताउनुभयो । न्यायिक समितिले विवाद समाधानका साथै जनप्रतिनिधि, कर्मचारी, मेलमिलाप कर्ताहरुका लागि मेलमिलाप सम्बन्धी १ दिने अभिमुखिकरण ३ दिने पुनताजगी तालिम, २ दिने कानुनी सारक्षरता कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख खतिवडाले जानकारी दिनु्भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय