उर्लाबारी । पूर्व पश्चिम राजमार्गको झापाको दूधे माइधार सडक खण्डस्थित शिवसताक्षी– १० किरात चौकमा ट्रक र कार एकआपसमा जुध्दा कारमा सवार उर्लाबारीका बाबुछोरीको मृत्यु भएको छ ।
मंगलवार विहान ६ बजेको समयमा विपरित दिशाबाट आउँदै गरेको प्रदेश १—०२००१ क ३७८९ नम्बरको भुस लोड गरेको ट्रक र प्रदेश १—०१—००१ च ७४८२ नम्बरको कार एकआपसमा जुध्दा कारमा सवार कार चालक मोरङ उर्लाबारी– ४ का ४० बर्षीय गुरुचरण चौधरी र उनकी छोरी अगाडिको सिटमा बस्ने बर्ष १७ की कुमकुम चौधरीको मृत्यु भएको झापा प्रहरीले जनाएको छ । घाईतेहरुको उपचारका क्रममा बिर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परि कारमा सवार थप ५ जना घाईते रहेको र उनीहरुको अवस्था सामान्य रहेको समेत प्रहरीले जनाएको छ । उनीहरुको समेत विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । हाल प्रहरीले ट्रक चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ । दुबै सवारी एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुबै सवारी सडकभन्दा तल पल्टिएका थिए ।
https://www.youtube.com/watch?v=mSc8yyfxnFY&t=546s























