काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । उनलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको व्युरो श्रोतले गरेको छ ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रकरणमा नाम मुछिएका गुरुङविरुद्ध विशेष अदालतमा मद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा भाटभटेनीका सञ्चालक गुरुङमाथि अख्तियारले ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबी गरेको छ । गुरुङले सो जग्गालाई स्टोरको रुपमा प्रयो गरिएका छन् ।























