उर्लाबारी । मोरङको मिक्लाजुङ–३ टाँडीमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थामा तालाबन्दी गरिएको छ ।
आज शेयर सदस्यहरुले सहकारीमा भएको चोरी र हिनामिनाको अझै सत्यतथ्य सार्वजनिक नगरेको भन्दै तालाबन्दी गरेका हुन् । सहकारीको आर्थिक कारोबार हेर्ने कर्मचारी मेनुका नेपालीलाई नियन्त्रणमा लिएर धरौटीमा छुटेपनि अन्य कर्मचारी तथा संस्थाका सञ्चालकहरु नै घटनामा संलग्न भएको भन्दै उनीहरुले निष्पक्ष छानविन गर्न माग गरेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका तत्कालिन प्रहरी निरीक्षक मिलन थापाले घटनालाई गम्भिरतापूर्वक नलिएका कारण सत्यतथ्य आउन नसकेको शेयर सदस्यहरु बताउँछन् । उनीहरुले नयाँ प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङलाई घटनाको बारेमा सत्यतथ्य छानविन गरिदिन माग गरेका छन् । कार्यालयबाट करिब ५० मिटर पश्चिममा पैसा राखिने गरेको बाक्सा फेला परेको थियो । उक्त सहकारी स्थानीय महिलाहरु मिलेर २०६८ सालदेखि सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय