उर्लाबारी । कोशी प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसले दाबी गरेको छ ।
आज भएको कांग्रेस कोशी प्रदेश कार्यसमितिको पदाधिकारी बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो । नयाँ सरकारको नेतृत्व गठबन्धन दलको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएको हुनाले पहिलो पटक प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने र त्यसको नेतृत्व दलका नेता तथा नेपाली कांग्रेस प्रदेश कार्य समितिका सभापति उद्धव थापाको नेतृत्वमा बनाउन पहल गर्ने निर्णय गरेको प्रदेश सह–महामन्त्री खड्ग फागोले जानकारी दिनुभयो । ‘प्रदेशमा अब बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने निर्णय हामीले गरेका छौं,’ सह–महामन्त्री फागोले भन्नुभयो, ‘गठबन्धनको सबैभन्दा ठूलो दल हुनुको नाताले हाम्रो दाबी स्वाभाविक हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय