उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले निःशुल्क रुपमा शव बहान उपलब्ध गराउँदै आएको छ ।
मृतकको शवलाई घरदेखि आर्यघाट र समाधीस्थलसम्म यो शव बहानले निःशुल्क सेवा पु¥याउँदै आएको हो ।
यो शव बहान यूएनएचसिआरले पथरीशनिश्चरे नगरपालिकालाई प्रदान थियो । यस शव बहान चलाउने चालकको तलव, इन्धन र मर्मतसम्भार खर्च सबै नगरपालिका कार्यालयले ब्यहोर्दै आएको छ । स्थानीय आर्यघाट र समाधिस्थल बाहेकको स्थानभन्दा टाढा जानु परेमा शुल्क लिने कार्यबिधीमा उल्लेख भएको पथरीशनिश्चरे नगरपालिका कार्यालयका प्रमुख प्रसाशकिय अधिकृत लक्ष्मी खरेलले जानकारी दिनुभयो ।























