उर्लाबारी । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।
बुधबार भएको मिक्लाजुङ गाउँपालिकाको १२ औं गाउँसभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले संघीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्ने मन्त्री लिम्बूको विश्वास छ । उहाँले कृषि क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेकोमा प्रशंसा गर्दै मन्त्री लिम्बूले किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । आफ्नो क्षेत्रका पालिकाहरुको विकासका लागि आफु प्रतिबद्ध रहेको उल्लेख गर्दै खेलकुद क्षेत्रलाई नयाँ आयाम दिने गरी काम गर्ने जमर्को रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय