विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिंदैछ ।
प्रदेश प्रमुखले दिएको समय सीमाभित्र माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जसपाको समर्थनमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने तयारी गरेका छन् । गठबन्धनले राप्रपालाई सरकारमा सहभागी गराउने तयारी गरेको थियो । तर, राप्रपाले निर्णय नदिएकाले गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई पनि जोडेर दाबी पेश गर्ने तयारी गरेका छन् । राप्रपाले तत्काल निर्णय नदिएका कारण सभामुखलाई पनि जोडेर सरकारमा दाबी पेश गर्ने कांग्रेस प्रमुख सचेतक भुपेन्द्र राईले बताएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले गत १७ गते संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न आहृवान गरेका थिए ।























