उर्लाबारी । मोरङको सुन्दरहरैंचा नगरपालिकाका शाखा अधिकृत शेखर ढकाल दुई लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई घुस रकमसहित पक्राउ गरेको हो ।
अख्तियारको टोलीले ढकाललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । ढकालले नगरपालिका कार्यालयको विभिन्न मर्मत–सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवक्ता रोशनप्रसाद ढकालले लेखा प्रमुख ढकाललाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय