टिका सिम्खडा
उर्लाबारी । कोशी प्रदेशसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य विद्या चाम्लिङले देशमा दक्ष जनशक्ति उत्पादन गर्न र युवा पुस्तालाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गरी दक्ष जनशक्ति तयार गर्न प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभयो ।
गुडविल एजुकेशन हब उर्लाबारी–३ को आयोजना शनिबार आयोजित एसई परीक्षामा उर्तिणलाई प्रमाणपत्र वितरणमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले वर्तमान शिक्षा प्रणाली आधुनिक र प्रविधिमैत्री हुनुपर्ने जोड दिनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन गरी समृद्ध नेपाल निर्माण गर्ने सपना पूरा गर्न प्राविधिक शिक्षाको खाँचो रहेको बताउनुभयो । कार्यक्रममा गुडविल एजुकेशन हबका सञ्चालक रमेश श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा उर्लाबारी वडा नं. १ का वडाध्यक्ष तिलक पाण्डे, वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, सामाजिक अगुवा रुद्रबहादुर तामाङलगायतले बोल्दै प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको थियो । कार्यक्रममा गुडविल एजुकेशन हब अध्ययरत एसईई परीक्षामा उर्तिणलाई प्रमाणपत्र वितरण गरिएको छ । उर्लाबारी–३ मा सञ्चालन भइरहेको गुडविल एजुकेशन हबमा १ सय ५० भन्दा बढी विद्यार्थी कम्प्युटर, विभिन्न भाषालगायत अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय