काठमाडौँ । आज (आइतबार)का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश असार २५ गते भोलि (सोमबार) दिउँसो ३ बजे बस्नेगरी समय र मिति परिवर्तन भएको जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दै प्रधानमन्त्रीको राजीनामा मागेको एमालेसँग आजै सहमति भएको थियो ।
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमतिमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा प्रष्टीकरण दिने र एमालेले त्यसका लागि अवरोध हटाउने सहमति भएको थियो ।
तीन नेताबीच वार्ता जारी रहेका बेला आजका लागि निर्धारित बैठक सो समयभन्दा दुई घण्टा पछि सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको थियो । त्यसआधारमा ३ बजे बस्नुपर्ने बैठक अन्ततः अन्तिम समयमा आएर सोमबारलाई सारिएको छ ।























