उर्लाबारी । उर्लाबारी नगरपालिका मेयर गंगाप्रसाद खरेलले स्कुलडाँडा – बरगाछी सडक खण्डमा सडक कालोपत्रेको खाल्डा पुर्ने नाममा जथाभावी ग्राभेल हालिएको भन्दै असन्तुष्टि जनाउन भएको छ । सडक कालोपत्रेमाथि ग्राभेल हालिएको भन्दै सामाजिक संजालहरुमा आलोचना भएको थियो ।
मेयर खरेलले पिचमाथि ग्राभेल गर्ने कार्य आफ्नो जानकारी बेगर भएको स्पष्ट पार्नुभयो । स्थानीयले गुनासो राखेपछि नाला सफाईका क्रममा सडकमा क्षति पुगेको ठाउँमा मेयर खरेलले निरीक्षण गर्नुभएको थियो । उर्लाबारी वडा नं. ७ को कार्यालयले भत्किएको स्थानमा जथाभावी ग्राभेल हाल्दा स्कुलडाँडा बरगाछी सडकमा समस्या निम्तिएको छ । मेयर खरेलले यसका बारेमा अनुसन्धान गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय