उर्लाबारी । मोरङको उर्लाबारीमा पहिलोपटक वडा नं.२ मा फोर लेनको सडक निर्माण हुँदैछ ।
विश्व बैंकको सहयोगमा ३९ करोड ५७ लाख रुपैयाँ लागतमा यो स्तरको सडक निर्माण हुन लागेको हो । स्थानीय कृष्ण चोकदेखि सुनझोडा सामुदायिक वनसम्म पुग्ने साढे पाँच किलो मिटर फोर लेनको सडक निर्माण गरिने वडाध्यक्ष राजनकुमार कंडेलले जानकारी दिनुभयो । त्यसैगरी उर्लाबारी–२ मा पर्ने तेली खोला र डुम्रे खोला तटबन्ध कार्य सुरु भएको छ ।
ग्रामीण पुनर्निमाण संस्था (आरएनएन) र जापान सरकारको सहयोगमा २७ करोड ९७ लाख रुपैयाँको लागततमा उक्त दुवै खोलामा तटबन्ध कार्य सम्पन्न गरिने वडाध्यक्ष कंडेलले बताउनुभयो ।























