उर्लाबारी । नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागोको नेतृत्वमा संखुवासभाका बाढी र पहिलो पीडितहरुलाई १ लाख ५ हजार ५ सय रुपैयाँ सहयोग गरिएको छ ।
संखुवासभाका विभिन्न स्थानहरुमा बाढी, पहिरो पीडित परिवारलाई राहत हस्तान्तरणका लागि नेपाली कांग्रेस जिल्ला समिति संखुवासभालाई सो रकम हस्तान्तरण गरिएको हो । नेपाली कांग्रेस कोशी प्रदेश सह–महामन्त्री फागोले विपतको बेला सबैले सहयोग गर्नु पर्ने धारणा राख्नुभयो । संखुवासभाको पाँचखपन गाउँपालिकामा भएको एक कार्यक्रमका बीच सह–महामन्त्री फागोले नेपाली कांग्रेस जिल्ला समिति संखुवासभालाई सो रकम हस्तान्तरण गर्नुभएको नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ (१) का उपसभापति लोलिम पोमुले जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेस संखुवासभाले केही दिनमा जिल्ला विपत व्यवस्थापन समितिमार्फत पीडित परिवारलाई राहत प्रदान गर्नेछ । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस उर्लाबारीका नगर सभापति सुरेन्द्र लिम्बूलगायतको उपस्थति रहेको थियो ।























