उर्लाबारी । दोलखाको मोलुङ गाउँपालिका–९ घर भई काठमाडौं बस्दै आएका सिरियल ठग ३६ बर्षीय दिनेश कोइराला बैकिङ कसूर मुद्दामा पक्राउ परेका छन् ।
काठमाडौं वडा नं. १ भाटभटेनीस्थितमा रहेको राधादेबी गु्रप कम्पनीका सञ्चालकसमेत रहेका कोईरालालाई बैकिङ कसूर मुद्दामा पक्राउ गरिएको हो । बिभिन्न मितिमा बिभिन्न ब्यक्तिहरुलाई बिभिन्न प्रलोभनमा पारी रकम लिई सो रकम बैंक खाताबाट भुक्तानी लिनु भनि बैंक खाता सञ्चालनमा रहेका बिभिन्न बैंकहरुको खातामा चेक अनुसारको पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी चेक काटी दिई पीडितहरुको रकम समेत फिर्ता नगरी फरार रहेकाले कोइरालाको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरी टोलीले चन्द्रागिरी न।पा। बाट पक्राउ गरी बैकिङ कसूर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भई रहेको जनाइएको छ । कोइरालाबाट कोही ब्यक्तिहरु ठगीनु भएको भए जिल्ला प्रहरी परिसर काठमाण्डौमा सम्पर्क गर्नुहुन प्रहरीले अनुरोध गरेको छ । पूर्वमा पनि कोइरालाले ठगी गरेको जानकार स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय