उर्लाबारी । सदा झैं यस वर्षपनि संविधान दिवसको अवसरमा उर्लाबारी रन हुने भएको छ । सामुदायिक विकास मञ्चको आयोजनामा असोज ३ गते हुने १० किलोमिटरको उर्लाबारी रन २०८० हुने भएको हो ।
आयोजक सामुदायिक विकास मञ्चले आज पत्रकार सम्मेलन गरी रनको बारेमा जानकारी गराएको छ । उर्लाबारीको नाम देश विदेशमा परिचित गराउन रन प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष प्रेम बोहोराले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न उपसमिति बनाएर तयारी तीब्र पारिएको उहाँले बताउनुभयो ।
१० किलोमिटर रनको विजेता (पुरुष र महिला) दुबै विधामा प्रथमले ३० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार  रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, भेट्रानतर्फ महिला पुरुष दुवैमा प्रथम हुनेले १० हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार  तथा १२ वर्षमुनिका बालक तथा बालिकातर्फ दुवैमा प्रथमले ४ हजार, दोस्रोले ३ हजार, तेस्रोले २ हजार, चौंथोले १ हजार, १६ बर्ष मुनिका बालक तथा बालिका दुबैलाई प्रथमले ५ हजार, दोस्रोले ३ हजार, तेस्रोले २ हजार, चौंथोले १ हजार प्रदान गरिने सचिब महेन्द्र बोहोराले बताउनुभयो । १२ बर्ष मुनिको दौडमा ३.५ किलोमिटर हुनेछ भने युथ १६ मा ५ किलोमिटर हुनेछ । खुल्ला र भेट्रानतर्फ १० किलोमिटर रहने छ ।
उर्लाबारी–६ सूर्यचौक स्थित संस्थाको कार्यालयबाट सुरु हुने १० किलोमिटर रन तरुण चौक, छाता चौक, आइतबारे, उर्लाबारी चौक, होलीचाइल्ड बोर्डिङ हुँदै सिमाना बस्तीबाट पुनः सूर्य चौकमा आएर समापन हुनेछ । प्रतियोगिता सम्पन्न गर्न १३ लाख ५६ हजारभन्दा बढी रुपैयाँ खर्च हुने कोषाध्यक्ष दिपेश नेपालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय