उर्लाबारी । संघीय सरकार मातहतका २१ वटा मन्त्रालयको रिपोर्ट कार्ड तयार भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बाहेक सय वटा सूचकमा २१ वटै मन्त्रालयका व्यवस्थापन परीक्षण रिपोर्ट तयार गरेको हो ।
मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाएको उक्त रिपोर्टअनुसार अति उत्कृष्ट, उत्कृष्ट र राम्रो नतिजा कुनै मन्त्रालयले पनि ल्याउन सकेका छैनन् । रिपोर्ट कार्डअनुसार ११ वटा मन्त्रालयको नतिजा सन्तोषजनक मात्रै देखिएको छ । यस्तै ११ वटा मन्त्रालयको नतिजा खराब देखिएको छ ।
स्तर वर्गीकरणको नमुनाअनुसार ९० भन्दा बढी अंक ल्याउनेलाई अति उत्कृष्ट अर्थात ‘ए’ प्लसको ग्रेड तय गरिएको थियो । ७५ देखि ९० ल्याउने उत्कृष्ट अर्थात ‘ए’, ६० देखि ७५ अंक ल्याउने राम्रो अर्थात ‘बी’ प्लस, ४५ देखि ६० अंक ल्याउने सन्तोषजनक अर्थात ‘बी’, ३० देखि ४५ अंक ल्याउने कमजोर अर्थात ‘सी’ प्लस र ३० भन्दा कम अंक ल्याउने खराब अर्थात सी ग्रेड निर्धारण गरिएको थियो । तर, रिपोर्ट अनुसार खानेपानी, स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, महिला बालबालिका, कानुन, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि र युवा तथा खेलकुदले सी प्लस मात्रै ग्रेड पाउँदै कमजोर नतिजा ल्याउनेमा दर्ज भएका छन् । त्यसमा पनि युवा तथा खेलकुद मन्त्रालयले जम्मा २९.५० अर्थात ३२.४२ प्रतिशत नम्बर पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय