उर्लाबारी । मोरङको उर्लाबारी–१ मा ट्याक्टरको डालाबाट खसेका एक युवालाई सोही ट्याक्ट्रले किचेर मृत्यु भएको छ ।
स्थानीय लोकबहादुर तामाङको खेतबाट माटो लोड गरी उकालो बाटोतर्फ आउँदै गर्दा प्र १–०२–००३ त १०५६ नम्बरको ट्याक्टरको डालाबाट खसेका मिक्लाजुङ–९ का ३५ बर्षीय नैन श्रेष्ठको सोही ट्याक्टरको पछाडि डालाको बाँया भागको चक्काले कम्बरको भागमा किचेर मृत्यु भएको हो । चक्काले किचेर गम्भिर घाइते भएका श्रेष्ठलाई उपचारका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । ट्याक्टर, ट्याक्टर चालक मिक्लाजुङ गाउँपालिका बस्ने २६ बर्षीय भगीरथ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय