उर्लाबारी । प्रदेश नं.१ पुनः नामांकन संयुक्त संघर्ष समितिले विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी कार्यकर्ता र नेताको बिनाशर्त रिहाइको माग गर्दै मङ्सिर ३० देखी पुष १ गतेसम्म कोशी प्रदेशमा यातायात बन्दको आव्हान गरेको छ ।
कोशी नाम खारेजीको माग सहित मङ्सिर २६ गतेदेखि मध्ये पहाडी मार्गमा विभिन्न चरणमा बन्दको आयोजना गरिएको उल्लेख गर्दै कार्यक्रममा सहभागी ३५ जना नेतालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
कोशी नाम खारेजी र पहिचानको आधारमा पुन नामाङ्कन सहित १० महिनादेखि चलिरहेको आन्दोलनको माग वार्ता, संवादको माध्यमबाट कमभन्दा कम क्षतिमा कोशी खारेजी र पुन नामांकन होस भन्ने रहेको बताइएको छ ।























