उर्लाबारी । मोरङको उर्लाबारी–५ स्थित अरनिको हस्पितलमा ¥याल निकाल्ने ग्रन्थीमा भएको पत्थरीको सफल शल्यक्रिया गरिएको छ ।
विराटनगर, धरान र विर्तामोडपछि उर्लाबारीको अरनिको हस्पिटलमा पहिलो पटक ¥याल निकाल्ने ग्रन्थीमा भएको पत्थरीको शल्यक्रिया गरिएको दाबी गरेको हो । कानेपाखेरी–६ का धमेन्द्र माझीको ¥याल निकाल्ने ग्रन्थीमा भएको पत्थरीको नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रवेश कार्की, डा. विकास अधिकारीसहितको टिमले सफल शल्यक्रिया गर्नुभएको छ । नाक, कान घाँटीरोग विशेषज्ञद्धारा अरनिको हस्पिटलमा दैनिक सेवाहरु सञ्चालन भइरहेको सञ्चालक बालकृष्ण लाबुङ बताउनुभयो ।
लामो समयसम्म नाकको दुखाई, पिनास जस्तो हुने, टालिईरहने, पोल्ने दुख्ने तथा कान पाक्ने, दुख्ने साथै घाँटीको दुखाई भइरहने जस्तारोगको उपचार तथा शल्यक्रिया गर्ने गरिएको उहाँको भनाई छ । दुरविन प्रद्धतिबाट समेत उपचार भइरहेको अस्पतालले जनाएको छ ।























