उर्लाबारी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एबं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मोरङको मिक्लाजुङमा आउने हुनुभएको छ ।
पौष ६ गते शुक्रबार मिक्लाजुङ–५ मा नेकपा (माओवादी केन्द्र) मिक्लाजुङले सञ्चालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा सहभागी हुन आउन लाग्नुभएको पार्टीका मिक्लाजुङ अध्यक्ष उमेश राईले जानकारी दिनुभयो । खोलिटार खेलमैदानमा हुने कार्यक्रमको भब्य तयारी भइरहेको उहाँले बताउनुभयो । मिक्जाजुङमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा प्रभावकारी रुपमा सञ्चालन भइरहेको र हजारौंको नेता तथा कार्यकर्तासहित शुभेच्छुकहरुको कार्यक्रममा सहभागिता रहने उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय