उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयमा सरस्वती मन्दिर निर्माण शिलान्यास भएको छ ।
विद्यालय समितिका अध्यक्ष राजकुमार पोमु लिम्बू (लोलिम) ले आफ्नो स्वर्गीय बुबा दुर्गाराज पोमु लिम्बुको स्मृतिमा सो मन्दिर निर्माण गरिदिने हुनुभएको हो । करिब ३ लाख रुपैयाँको लगानीमा मन्दिर निर्माण हुने अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई सरस्वती पूजा गर्न सहज होस् भन्ने हेतुले मूर्तिसहितको मन्दिर निर्माण गरिदिन लागेको उहाँको भनाई छ । विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेललगायत उपस्थिति रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय