बिराटनगर, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुहबाट खटिएको प्रहरी टोलीले बैँङ्किङ कसुर (चेक बाउन्स) मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

बैँङ्किङ कसुर (चेक बाउन्स) मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७९|११|०२ गतेको फैसला अनुसार ३ दिन कैद र नगद १ लाख ५० पचास हजार रुपैया जरिवाना बेरुजु रही फरार रहेका इटहरी उप-महानगरपालिका- ५ सुनसरीकी ३४ बर्षीया सन्जु बस्नेतलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पक्राउ गरेको हो ।
पक्राउ परेका उनीलाई सम्मानित अदालतमा उपस्थित गराइएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय