उर्लाबारी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एबं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मोरङको मिक्लाजुङमा आज आउँदै हुनुहुन्छ ।
मिक्लाजुङ–५ मा नेकपा (माओवादी केन्द्र) मिक्लाजुङले सञ्चालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा सहभागी हुन पार्टी अध्यक्ष एबं प्रधानमन्त्री दाहाल आउँदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल आउने भएपछि सुरक्षा कडा पारिएको छ । मिक्जाजुङमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा प्रभावकारी रुपमा सञ्चालन भइरहेको र हजारौंको नेता तथा कार्यकर्तासहित शुभेच्छुकहरुको कार्यक्रममा सहभागिता रहने पार्टीका मिक्लाजुङ अध्यक्ष उमेश राईले बताउनुभयो । ५ सय वाइसिएलको स्वमसेवक टोली परिचालन गरिएको छ भने बाक्लो संख्यामा प्रहरी टोली तैनाथ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय