उर्लाबारी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पहिचानवादीले आफ्नो यात्रामा कोशी प्रदेशका सांसद र मन्त्रीलाई सहभागी नगराउन आग्रह गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड ‘जनतासँग माओवादी स् विशेष रुपान्तरण अभियान’ अन्तरत मिक्लाजुङ गाउँपालिका– ५ खोलीटारमा हुने कार्यक्रममा सहभागि हुने कार्यक्रम छ । मिक्लाजुङ जाँदा कोशी प्रदेशका सांसद र मन्त्रीलाई साथमा नल्याउन पहिचान पक्षधरले आग्रह गरेका हुन् । प्रदेशका सांसद र मन्त्रीलाई ल्याए प्रधानमन्त्रीको विरोध गर्ने उनीहरुको चेतावनी छ ।

बिहीबार प्रदेशका पर्यटन मन्त्री गणेश उप्रेती मिक्लाजुङ जाने क्रममा पनि पहिचान पक्षधरले अवरोध गरेको थियो । बिहीबार विज्ञप्ति जारी गर्दै प्रदेश १ पुन नामांकन संयुक्त सघर्ष समितिले कोशी प्रदेशका सांसद र मन्त्री पनि प्रधानमन्त्रीसँगै मिक्लाजुङ नआउन आग्रह गरेको छ । प्रदेशका सांसद र मन्त्री पुगे प्रधानमन्त्रीको विरोध गर्ने उनीहरुको चेतावनी छ । कोशी प्रदेशका सांसदलाई यात्रामा सहभागी नगराए विरोध नगर्ने संघर्ष समितिले बताएको छ । प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरले प्रदेशका सांसद र मन्त्रीलाई निषेध अभियान चलाइरहेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटनपछि प्रधानमन्त्री मिक्लाजुङ आउनुहुनेछ । मिक्लाजुङबाट फर्किएपछि आज दिउँसो मोरङ व्यापार संघले आयोजना गर्ने मोरङ ब्यापार संघ एक्स्पो उद्घाटनपछि काठमाडौं फर्कनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय