उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका– ५ खोलीटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एबं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रममा प्रदेशका सांसद र मन्त्री कोही पनि सहभागी नहुने भएका छन् ।
पहिचानवादीहरुले कोशी प्रदेशका सांसद र मन्त्रीलाई सहभागी नगराउन आग्रह गरेका थिए । पार्टीका केन्द्रीय सदस्य कुलप्रसाद साम्बा कुशलले प्रदेशका सांसद र मन्त्रीलाई कार्यक्रममा सहभागी नगराउने बताउनुभएको छ ।
प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरले प्रदेशका सांसद र मन्त्रीलाई निषेध अभियान चलाइरहेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटनपछि प्रधानमन्त्री मिक्लाजुङ आउनुहुनेछ । मिक्लाजुङबाट फर्किएपछि आज दिउँसो मोरङ व्यापार संघले आयोजना गर्ने मोरङ ब्यापार संघ एक्स्पो उद्घाटनपछि काठमाडौं फर्कनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय