मोरङ : राष्ट्रिय दलित आयोगले कोशी प्रदेश प्रमुख परशुराम खापुङ समक्ष आयोगको तेस्रो बार्षिक प्रतिवेदन पेश गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा आयोगका सदस्य टुन्ज बराइलीले प्रतिवेदन पेश गर्नुभएको हो ।
सो अवसरमा प्रदेश प्रमुख खापुङले छुवाछूत अन्त्यका लागि सामूहिक प्रयत्नको खाँचो औल्याउनुभयो । आयोगका सदस्य बराइलीले दलित समुदायले छोएको पानी मात्रै नभई माया पनि चल्न छोडेको बताउनुभयो ।























