उर्लाबारी । मोरङको उर्लाबारीस्थित आम्बारीमा चासोक तङ्नाम सुरु भएको छ । पाँच दिनसम्म चासोक विविध कार्यक्रमका साथ मनाइने आयोजकले जनाएको छ ।
मंगलबारको पहिलो दिन भेट्रान फुटबल प्रतियोगितामा आम्बारी र राजघाट भेट्रानबीच प्रतिष्पर्धा भएको थियो । जसमा राजघाट भेट्रान सेमिफाइनलमा प्रवेश गरेको छ । बृहत साँस्कृतिक कार्यक्रम, विभिन्न खेलतमासा, रोटेपिङ, बालबालिकाका लागि मनोरंजन, राष्ट्रिय कलाकार डम्बर नेपाली, दिपक लिम्बू, भ्वाइस अफ किड्सका रुक्साना लिम्बू, कुशल थलङ, रोशन पंधाक, दिपा सुहांङ र शिव सम्बाहम्फे तथा स्थानीय कलाकारहरु रहने किरात याक्थुम चुम्लुङ उर्लाबारीकी अध्यक्ष बानु सुब्बाले बताउनुभयो । दैनिक अन्तरा ब्यान्डलगायतले पनि मनोरन्जन दिने छन् । पहिलो उद्घाटन दिन बिहानै मन्दिरमा पुजा गर्दै च्याब्रङ नाच, स्थानीय सार्वजनिक माविका विद्यार्थी, स्थानीय, अतिथि, पुजामा उपस्थित स्थानीयबासीलगायतले आम्बारी बजार हुँदै सिरिजंगाको सालिक परिक्रममा गरेका थिए । केलाङ, धान नाच, राईको साकेला लगायत झाँकी प्रदर्शन भएको थियो । पहिलो साँझ भ्वाइस अफ किड्सका रुक्सना लिम्बु र स्थानिय अन्तरा ब्यान्डको बेजोड प्रस्तुति रहने सांस्कृतिक संयोजक प्रकाश कन्दङवाले जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि किराँत याक्थुम चुम्लुङकम संघीय उपाध्यक्ष डा. कमल तिगेला, विशिष्ट अतिथिहरु कियाचु केन्द्रीय सदस्य बिमला पालुङ्वा, उर्लाबारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्की, उर्लाबारी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष नरबहादुर मोक्तान, उर्लाबारी नगरपालिका वडा नं. २ का अध्यक्ष राजन कुमार कडेल, रुद्र तामाङ, उर्लाबारी आदिवासी जनजाति नगर अध्यक्ष समसेर लिम्बू, धिमाल, सन्थाल, मगर, राई, याख्खा, सुनुवार, दनुवार लगायतका प्रतिनिधिहरु रहेका थिए । कार्यक्रमको स्वागत मन्तव्य कियाचु नगर उपाध्यक्ष अमर सेलिङले राख्नुभएको थियो भने किराँत याक्थुम सचिव अन्जु लिङ्गदेनले कार्यक्रम संचालन गर्नुभएको थियो ।























