उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ७ को चिउरामिलदेखि वडा कार्यालय जाने सडकमा सडक बत्ती नबालेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
आम्बाडी जाने सडकमा १ महिनादेखि सडक बत्ती उर्लाबारी नगरपालिकाले काटेको स्थानीय छबीलाल चिमरियाले बताउनुभयो । शुक्रबार उर्लाबारी नगरपालिका वडा नं. ७ को कार्यालयमा एक साताभित्र सडक बत्ती नबालेको खण्डमा स्थानीयबासीले तालाबन्दी गर्ने चेतावनीसहित ध्यानाकर्षण पत्र बुझाएका छन् । सरकारलाई कर पनि तिर्नु पर्ने, सडकमा बालेको बिजुलीको पैसा पनि स्थानीयले तिर्नु पर्छ भने सरकारको काम के हो भन्दै स्थानीयले वडाध्यक्ष उर्लिला थापालाई प्रश्न गरेका थिए । वडाध्यक्ष थापाले जनताको समस्या समाधान गर्न अधिकतम प्रयास गर्ने बताउनुभएको छ ।























